नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल (गौतम) ले नेपाल राष्ट्र बैंकको नीतिका कारण सेयर लगानीकर्ताले सडकमा आउनु परेको बताएकी छिन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफलमा भाग लिँदै उनले राष्ट्र बैंकको नीतिले लगानीकर्ताहरुलाई सडकमा आउने स्थिति गराएको बताइन् ।
उनले अर्थमन्त्री शर्मालाई राष्ट्र बैंकको नीतिलाई संसोधन गर्दै लगानीकर्तामैत्री नीति बनाउन आग्रह गरिन् ।
सांसद भुषालले भनिन्, “सेयर मार्केटमा हेर्ने हो भने अहिले ५२ लाख वटा निक्षेप सदस्य खाता (डिपी) खोलेर सेयरमा लगानी कर्ता आबद्ध छ भने लगभग १० देखि १५ लाख दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताहरु पनि छन् । लगानीकर्ताहरुलाई सडकमा आउने स्थिति अहिले राष्ट्र बैंकको नीतिले गराएको छ । म माननीय अर्थमन्त्रीज्यूलाई त्यसलाई संसोधन गर्न निवेदन गर्न चाहन्छु ।”
अर्घाखाँचीकी सांसद भुषालले कृषिमा युवाहरुलाई आकर्षित गर्नुपर्ने बताउँदै निर्वाहमुखी कृषिलाई व्यवसायिकता रुपान्तरण गर्न सक्नुपर्ने धारणा राखिन् । त्यसका लागि सरकारले युवालाई ऋण उपलब्ध गराउनुपर्ने र किसानले उत्पादित कृषि वस्तु सिधै सरकारले खरीद गरेर त्यसको प्रतिफल सिधै किसानको पोल्टामा पुर्याउनुपर्ने बताइन् । यस्तै साना मझौला उद्योगलाई प्राथमिकता दिएपनि लगानीलाई सरकारले संरक्षित गर्नुपर्ने आवश्यकता औंल्याइन् । सरकारले ५० वर्षका लागि लिजमा जग्गा उपलब्ध गराउने निर्णय गरेको भन्दै दीगो विकासका लागि नै उक्त व्यवस्था गरेको बताइन् ।
श्रम बजारमा वर्षिनी ५ देखि ६ लाख युवा उत्पादन भैरहेकाले बताउँदै उनले कति युवाहरुलाई हामीले आर्थिक हिसाले स्वावलम्बन बनाउन सक्यौं भन्दै प्रश्न गरिन् । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई कृषिसँग, उद्योगसँग जोडेर नयाँ मोडालिटीबाट तय गर्नुपर्ने धारणा राखिन् । यसले युवाहरुको आकर्षण कृषि र उद्योगमा बढाउनुपर्ने उनले बताइन् ।
उनले नेपाल बुद्धिस्टहरुको देश भएकाले विश्वका जनसंख्यको ६ देखि ७ प्रतिशत बुद्धिष्टहरु छन् । यस्तै १५ देखि १६ प्रतिशत विश्वका हिन्दु धर्मालम्वी पर्यटकहरुलाई हामीले आमन्त्रण गर्न सक्छौं ।
यस्तै अस्पतालको पुर्वधार राम्रो नबनाईकन वर्षको दुई पटक मेडिकल कलेज खोल्ने भर्ना खोल्न नहुने बताइन् । शिक्षकको दरबन्दीहरु थप्नुपर्ने हुनसक्छ । अहिले पनि २०५० सालमा जुन शिक्षाका लागि चिकित्सकहरुको लागि दरबन्दी थियो । त्यही दरबन्दी अहिले पनि कायम भएको छ । बर्दियामा ११ जना डक्टरमा ३ जना मात्र डक्टर रहेको छ भनेर सुनेको उनले बताइन् । शिक्षा सहज उपस्थिति बनाउनका लागि शिक्षामा गाउँभरको सरकारी स्कुललाई पनि नमुना स्कुल बनाउन पर्यो । हस्पिटलमा पनि डक्टरहरु चिकित्सहरु पुर्याउने किसिमले अहिलेको बजेट लग्नुपर्ने उनको भनाई छ ।
उनले मूल्य वृद्धिले र तलब वृद्धिले फेरी त्यसको मार गरीब जनतालाई पर्नबाट बचाउनुपर्ने बताइन् । गैर सरकारी संस्थाको कर्मचारीहरुको लागि तलब तोक्न पनि आयोग गठनको कुरा भएको छ तर गरिब जनताहरुलाई केन्द्रमा राखेर आर्थिक उन्नति गर्नुपर्छ । बजेटलाई रणनितिक ढङ्गबाट अगाडि बढाइएको खण्डमा कार्यान्वयनमा समस्या नरहेको बताउँदै उनले बजेट कार्यान्वयनबाट मुलुकको अर्थतन्त्रले फड्को मार्ने छ विश्वास रहेको बताइन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया