घरयासी र व्यवसायिक प्रयाेजनकाे ग्याँसकाे मूल्य अलग-अलग ताेकिने

0
Shares

नेपाल आयल निगमले घरयासी र व्यवसायिक प्रयाेजनमा प्रयाेग हुने ग्याँसकाे मूल्य अलग अलग ताेकिने भएकाे छ । निगमकाे जेठ १९ गते बिहीबार बसेकाे सञ्चालक समिति बैठकले घरयासी र व्वसायिक प्रयाेजनमा प्रयाेग हुने ग्याँसकाे भाउ अलग अलग गर्ने निर्णय गरेकाे हाे ।

नेपाल आयल निगमका सह-प्रवक्ता पुष्कर कार्कीले आजकाे सञ्चालक समिति बैठकले निगमलाई एलपी ग्याँसमा भईरहेका घाटा न्यूनिकरण गर्न घरयासी र व्यवसायिक प्रयाेजनकाे एलपी ग्याँसकाे अलग अलग मूल्य कायम गर्न निगम सञ्चलाक समितिकाे संयाेजकत्वमा एक उपसमिति गठन गर्ने निर्णय भएकाे जानकारी दिए । उपसमितिमा निगम सञ्चालक समिति सदस्य सहित सराेकारवाला निकायहरुकाे प्रतिनिधित्व रहेकाे छ । उपसमितिले दिएकाे सुझावका आधारमा मूल्य निर्धारण गरिने निगमले जनाएकाे छ ।

नेपाल आयल निगमले बिक्री–वितरण प्रणालीलाई प्रगतिशील बनाउन नसक्दा निगमले ग्यासमा ठूलो रकम घाटाका रुपमा व्यहोर्नु परिरहेको अवस्था छ । एक महिना दिनमा मात्रै निगमलाइ ग्याँसमा मात्रै ३ अर्ब घाटा हुने नेपाल आयल निगमको प्रक्षेपण छ । मूल्य उच्च दरमा बढाउँदा पनि नेपाल आयल निगमले अहिले खाना पकाउने ग्याँसमा प्रतिसिलिन्डर करिब ७५१ रुपैयाँ घाटा व्यहोरिरहेको छ ।

विगतमा आयल निगमले हरेक सिलिन्डरमा खेपिरहेको यस्तो घाटाको पूर्ति अन्य पेट्रोलियम पदार्थको मूल्य बढी राखेर उठाउने गरेको थियो । ठूलो परिमाणमा ग्याँस खपत गर्ने उद्योग र व्यवसायिक फर्मलाई पनि सरकार घाटा खाएर ग्याँस बेचिरहेको छ । हाल ग्याँसमा सरकारले व्यहाेरिरहेको घाटाको लाभ तुलनात्मक रुपमा सर्वसधारणले भन्दा बढी व्यवसायिक जगतले उठाइरहेको छ । उक्त निर्णय कार्यन्वयन हुन नसक्दा ग्याँसमा व्यवसायीहरुले प्रत्यक्ष लाभ पाउने गरी आयल निगमले सहेको घाटा पूर्ति गर्न पेट्रोल, डिजेल र हवाइ इन्धनमा भने बढी नाफा राख्ने गरिएको थियो ।

होटल, रेष्टुरेन्ट लगायतका साना उद्योगहरूमा समेत गरी व्यवसायिक प्रयोजनमा दैनिक २० हजार सिलिन्डर खपत हुने अनुमान छ । तर व्यापारिक प्रयाेजनमा खपत हुने र अन्य घरासयी खपत हुने ग्याँसको मूल्य एउटै छ । निगम नेतृत्वले फेरि एकपटक ग्याँस बिक्री वितरणको विद्यमान अवैज्ञानिक र अव्यवहारिक व्यवस्था सच्याउने निर्णय गरेको छ । जुन एकदमै स्वागतयोग्य छ । 

यसअघि तत्कालिन खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारले २०७० सालमा सर्वसाधारण जनता र व्यवसायीलाई फरक–फरक मूल्यमा ग्यास बिक्री गर्ने भन्दै रातो र निलो रंगको सिलिण्डर ल्याउने निर्णय गरेको थियो । तर व्यवसायीहरुबाटै असहयोग भएपछि उक्त निर्णय कार्यान्वयनमा आउन सकेन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र निगमको तत्कालीन नेतृत्व पनि निर्णय कार्यन्वयन गर्ने आफ्नै निर्णयमा अडिग हुन सकेनन् र व्यवसायीहरूले चलखेल गरेर सफल हुन दिएनन् ।

निगमका अनुसार नेपालमा मासिक ४० हजार मेट्रिकटन अथार्त १४.२ किलोका ३० लाख सिलिन्डर ग्याँस बिक्री हुन्छ । नेपाल आयल निगमले बिक्री–वितरण प्रणालीलाई प्रगतिशील बनाउन नसक्दा निगमले ग्यासमा ठूलो रकम घाटाका रुपमा व्यहोर्नु परिरहेको अवस्था छ । एक महिना दिनमा मात्रै निगमलाइ ग्याँसमा मात्रै ३ अर्ब घाटा हुने नेपाल आयल निगमको प्रक्षेपण छ ।

यस्तै बिहीबारकाे बैठकले पेट्राेल डिजेल र मट्टीतेलकाे भाउ घटाएकाे छ । निगम सञ्चालक समितिकाे बिहीबारकाे बैठकले साबिक मूल्यमा प्रतिलिटर १० रुपैयाँका दरले भाउ घटाउने निर्णय गरेकाे हाे । यससँगै अब पेट्राेलकाे खुद्रामूल्य प्रतिलिटर १७० रुपैयाँ तथा डिजेल र मट्टीतेलकाे समान १५३ रुपैयाँ कायम भएकाे छ । हवाई इन्धन र एलपी ग्याँसकाे मूल्यमा भने कुनै परिवर्तन गरिएकाे छैन ।

मूल्य घटेसँगै हाल पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १७०, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १५३ रुपैयाँ कामय भएको छ । एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ८००, हवाई इन्धन (आन्तरिक) को प्रतिलिटर १६६ रुपैयाँ र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर एक रुपैयाँ ५४ पैसा अमेरिकी डलर छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ जेष्ठ २०७९, बिहिबार  २२ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।