पाकिस्तानमा ग्याँसको मूल्यमा भारी वृद्धि, बिजुलीको शुल्क पनि बढ्यो

0
Shares

पाकिस्तानमा एलपी ग्याँसको मूल्यमा भारी वृद्धि भएको छ । ग्यासको मूल्य ४५ प्रतिशतले वृद्धि भएको हो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भएकाले ग्याँसको पनि मूल्य वृद्धि गर्नु परेको पाकिस्तानका सरकारी अधिकारीहरुले जनाएका छन् ।

पाकिस्तानको तेल तथा ग्याँस नियमन प्राधिकरणले ग्याँसको मूल्य वृद्धि गर्न उत्पादकहरूलाई अनुमति दिएको हो ।

प्राधिकरणले पाकिस्तानको कराँचीस्थित पाकिस्तानी प्राकृतिक ग्यास कम्पनी (एसएसजीसी) ग्यासको मूल्यमा ४५ प्रतिशतसम्म वृद्धि गर्दा अहिले बिक्री मूल्य १००७ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । नयाँ तय गरिएको मूल्य जुलाई १ देखि मात्रै लागू हुने पनि प्राधिकरणले जनाएको छ ।

त्यसैगरी विद्युत महशुलमा पनि वृद्धि गरिएको छ । विद्युत प्राधिकरणले प्रति युनिट विद्युतमा ७.९१ प्रतिशत वृद्धि गरिएको जनाएको छ ।

दैनिक उपभोग्य ग्याँस र बिजुलीको मूल्य बढेकोप्रति आम नागरिकले आक्रोश व्यक्त गरेका छन् । उनीहरुले दैनिक उपभोग्य पदार्थको मूल्य वृद्धि गर्दा आम नागरिकको दैनिक जीवनमा नै नकारात्मक असर परेको भन्दै मूल्य वृद्धि फिर्ता लिन माग पनि गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २१ जेष्ठ २०७९, शनिबार  १४ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।