सुनको मूल्यमा गिरावट, प्रतितोला ९७ हजार ९०० रुपैयाँमा कारोबार हुँदै

0
Shares

पहेँलो धातु सुनको मूल्य नेपाली बजारमा घटेको छ । शुक्रबारको तुलनामा सुनको भाउ आइतबार तोलामा ६०० रुपैयाँले घटेकोे हो । यसअघि शुक्रबार भने सुन तोलामा ९०० रुपैयाँले बढेर कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुनको मूल्य ६०० रुपैयाँले घटेर छापावाला सुनको भाउ प्रतितोला ९७ हजार ९०० रुपैयाँ तथा तेजावी सुनको भाउ ९७ हजार ४०० रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको भाउ १५ रुपैयाँले घटेर तोलाको १ हजार २७५ रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाली बजारमा शुक्रबार छापावाल सुन प्रतितोला ९८ हजार ५०० रुपैयाँ र तेजावी सुन ९८ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी तोलाको २५ रुपैयाँले बढेर १ हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८५१ र चाँदी प्रतिऔंस २१.९३ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ जेष्ठ २०७९, आइतबार  १० : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।