मौद्रिक नीति ल्याउन राष्ट्र बैंकले माग्यो सरोकारवालाबाट सुझाव

0
Shares

सरकारले बजेट ल्याएपछि नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९।०८० को मौद्रिक नीति ल्याउन सरोकारवालाहरुबाट राय÷सुझाव माग गरेको छ । बैंकले सूचना प्रकाशित गरी आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषय (राय तथा सुझावहरु) अनुसन्धान विभागमा पठाउन अनुरोध गरेको हो ।

केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था बमोजिम प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आइरहेको छ । सोही बमोजिम बैंकले आर्थिक वर्ष २०७९र८० को मौद्रिक नीतिको लागि रायरसुझाव मागेको हो ।

मौद्रिक नीतिमा सरोकारवालाहरूलाई इमेल मार्फत सुझाव दिन सकिने केन्द्रीय बैंकले जनाएको छ । सम्बद्ध बैंक तथा वित्तीय संस्थाका संघ संगठन, व्यावसायिक संघसंगठन लगायत सबै सरोकारवालाले आवश्यक लिखित सुझाव पेश गर्नुपर्नेछ ।

यस्तै बैंकले आवश्यक सुझाव राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको इमेल ठेगाना ‘मोनेटरीपोलिसी याट दि रेट एनआरबी डट ओआरजी डट एनपी’मा पठाउन आग्रह भनेको छ । साथै, बालुवाटारस्थित केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागको ठेगाना एनआरएनए भवन बालुवाटारमा फोन (०१४४१७४९७) तथा फ्याक्स नम्बर (०१४४३३३६५ मा ) समेत सुझाव पठाउन सकिनेछ ।

सरकारले यहि जेठ १५ गते नै १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको आगामी आर्थिक वर्षको बजेट संसदमा पेस गरिसकेको छ । सोही बजेटको कार्यान्वयनमा सहयोग पुग्नेगरी केन्द्रीय बैंकले मौद्रिक नीति ल्याउने छ ।

बजेटले आगामी वर्षको मौद्रिक नीतिमा कृषिमा लगानी बढाउन ५ खर्ब रुपैयाँको लघुवित्त कोष स्थापना गर्ने उल्लेख गरेको छ । यसैगरी कृषि उद्योगलाई ब्याजमा सहुलियतका कुरा समेटिने भएको छ ।

नेपाल राष्ट्र बैंकले गत वर्षझैं आगामी आर्थिक वर्ष २०७९/८० लाई लक्षित गर्दै मौद्रिक नीति सार्वजनिक गर्ने गरी केन्द्रीय बैंकले सुझाव संकलन शुरू गरेको हो । केन्द्रीय बैंकले हरेक वर्ष सरोकारवालाहरुले दिएको सुझाव र आवश्यक व्यवस्थाहरु थपेर मौद्रिक नीति सार्वजनिक गर्ने गर्दछ । गत वर्ष साउनमा मात्र सार्वजनिक भएको मौद्रिक नीति यो वर्ष भने असार महिनामा नै आउनेछ ।

मौद्रिक नीति भनेको के हो ?

समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्याउन देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो ।

मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र व्याजदरको व्यवस्थापन मार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सृजनामा सहयोग पुर्याउने उद्देश्य राखेको हुन्छ । नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले प्रत्येक आर्थिक वर्षा लागि मौद्रिक नीति जारी गर्दछ । मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्ने व्यवस्था पनि रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।