भारतको आसाममा वाइवाईको तेस्रो ‘प्लान्ट’ लगाउँदै चौधरी समुह

0
Shares


चौधरी समुहले भारतको आसाम राज्यमा तेस्रो प्लान्ट सुरु गर्ने भएको छ । समुहले सन २००५ देखि औपचारिक उत्पादन सुरु भएको वाईवाई चाउचाउको थप बजार विस्तारका लागि नयाँ प्लान्ट थप्न लागेको हो ।

अहिले नेपाल, भारत लगायत विभिन्न देशमा चाउचाउ उत्पादन गरिरहेको समुहले केही दिन अघि मात्र इजिप्टको कायरोमा पनि उद्योग खोल्ने प्रक्रिया अघि बढाइसकेको छ । चौधरी समुहले भारतको आसाममा सञ्चालनमा रहेका २ पलान्टको उत्पादनले बजारको मागलाई सम्बोधन गर्न नसक्ने देखेपछि एउटा प्लान्ट थप गर्ने क्रममा रहेको चौधरी समहुका अध्यक्ष विनोद चौधरीले जानकारी दिए ।

चौधारी समुहले यसअघि बंगलादेशबाट वाईवाईको उत्पादन सुरु गरिसकेको छ । त्यस्तै युरोपमा पनि सर्बियामा प्लान्ट निर्माण गरेर वाईवाई उत्पादन भइरहेको छ । भारतमा मात्र वाईवाईका विभिन्न राज्यमा गरि ६ ओटा प्लान्ट छन् । चौधरी समुहले काजकिस्तानको चाउचाउ उत्पादन केन्द्र पनि खरिद गरेको छ ।

मध्य एसियामा आफ्नो व्यापार विस्तारको लागि चौधरी समुहले १ करोड ५० लाख डलर बराबरको रकममा सो केन्द्र खरिद गरेको हो । काजकिस्तानमा नयाँ उत्पादन खरिद गरेसँगै चौधरी समुहको समग्र चाउचाउ उत्पादन केन्द्र १८ पुगेको छ ।

वाइवाइले भारतीय बजारमार तयारी चाउचाउको २८ प्रतिशतको हिस्सा आगट्ने गरेको छ । वार्षिक व्यापार २ अर्ब २० करोड डलरको हुने गरेको छ । यसले विश्वको चाउचाउको बजारमा ३ प्रतिशतको हिस्सा ओगट्ने गरेको छ ।

सन् २०१७ मा सर्वियामा पनि चौधरी ग्रुपले नयाँ प्लान्ट खोल्ने निर्णय गरेको थियो । ३० मुलुकहरुमा अहिले चौधरी समुहका ७६ ब्राण्डहरु उत्पादन भइरहेका छन् र १२२ कम्पनीहरु स्वामित्वमा रहेका छन् भने १० हजार कर्मचारीहरु काम गरिरहेका छन् ।

विश्वभर उपभोग हुने चाउचाउ मध्य वाईवाईको हिस्सा तीन प्रतिशत नाघेकोे चौधरी समुहले जनाएको छ । विश्वका १५ ओटा देशमा उत्पादन प्लान्ट निर्माण गरेर विश्वकै सबैभन्दा धेरै उपभोग हुने चाउचाउ ब्रान्ड बनाउने लक्ष्यमा चौधरी समुहले काम गरिरहेको जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।