सुनको मूल्य तोलाकाे ९८ हजार माथि, चाँदीको भाउ १२९० पुग्यो

0
Shares


पहेँलो धातु सुनको मूल्य नेपाली बजारमा सोमबार बढेको छ । आइतबारको तुलनामा सुनको भाउ सोमबार तोलामा २०० रुपैयाँले बढेकोे हो ।
यसअघि आइतबार ६०० रुपैयाँले घटेकोे सुन शुक्रबार भने तोलामा ९०० रुपैयाँले बढेर कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको मूल्य २०० रुपैयाँले बढेर छापावाला सुनको भाउ प्रतितोला ९८ हजार १०० रुपैयाँ तथा तेजावी सुनको भाउ ९७ हजार ६०० रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको भाउ १५ रुपैयाँले बढेर तोलाको १ हजार २९० रुपैयाँ पुगेको छ ।

नेपाली बजारमा आइतबार सुन तोलामा ६०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९७ हजार ९०० रुपैयाँ तथा तेजावी सुनको भाउ ९७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ आइतबार १५ रुपैयाँले घटेर तोलाको १ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८५६ र चाँदी प्रतिऔंस २२.२७ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २३ जेष्ठ २०७९, सोमबार  १० : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।