साउदी अरेबियाले मूल्य बढाएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १२० डलर प्रति ब्यारल माथि

0
Shares

इन्धन तथा प्राकृतिक ग्यास उत्पादनमा संसारको तेस्रो धनी राष्ट्र साउदी अरेबियाले कच्चा तेल आपूर्तिमा कडाई गर्दै जुलाई महिनामा बिक्रीको लागि राखिएको कच्चा तेलको मूल्य वृद्धि गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ ।

यसैक्रममा मे महिनाको अन्तिममा ११५.६ डलर प्रति ब्यारलमा कारोबार गरिरहेको बे्रन्ट क्रुड जुन महिनाको सुरुवात सँगै १२०.६३ डलर प्रति ब्यारलमा कारोबार गरिरहेको छ ।

यसैगरी अमेरिकी तेल निर्यातकर्ता वेस्ट टेक्सास इन्टरमिडियटले ११९.८० डलर प्रति ब्यारलमा कारोबार गरिरहेको छ ।

साउदी अरेबियाले उत्पादन गर्ने अरब लाइट कच्चा तेलको लागि आधिकारिक बिक्री मूल्य (ओएसपी) बढाएर ६.५० डलर प्रिमियम गरेको छ । यो मूल्य ओमान र दुबईको बेन्चमार्कको तुलनामा बढी रहेको छ ।

यसैगरी जुन महिनामा ओएसपी ४.४० डलर प्रिमियम रहेको साउदीको तेल उत्पादक कम्पनी अरामकोले जनाएको छ । साउदीले ओएसपी बढाएसँगै अन्तराष्ट्रिय बजारमा तेलको मूल्य बढेको हो ।

यसैगरी अमेरिकामा ड्राइभिङ सिजन सुरु भएको र चीनमा कोभिड–१९ संक्रमण कम भएसँगै कच्चा तेलको माग उच्च हुने फिलिप फ्युचर्सका कमोडिटि मार्केट म्यानेजर अब्तार सन्दुले बताएका छन् । यसैगरी युेपियन युनियन अन्तर्गतका देशहरुले रुसी तेललाई प्रतिबन्ध लगाएसँगै माग बढ्दै जाने र आपूर्तिमा समस्या आउने हुँदा कच्चा तेलको मूल्य थप आकाशिन सक्ने उनको भनाइ रहेको छ ।

युरोपियन युनियनले रुसी तेललाई प्रतिबन्ध लगाएपछि युरोपमा भेनेज्वालाबाट कच्चा तेल आयात प्रक्रिया अघि बढाइएको छ । यसै क्रममा इटालीको इनी र स्पेनको रेप्सोल कम्पनीहरुले आगामी महिनाबाट भेनेज्वालाबाट तेल निर्यात गर्न तयारी गरिरहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २३ जेष्ठ २०७९, सोमबार  ११ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।