नेपाल धितोपत्र बोर्डले थप पाँच संस्थालाई योग्य संस्थागत लगानीकर्ता (क्युआइआइ) का रूपमा काम गर्न स्वीकृति दिएसँगै योग्य संस्थागत लगानीकर्ताको संख्या ९८ पुगेको छ ।

बोर्डले पछिल्लो चरणमा सिभिल बैंकसहित आईएमई जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, आरबीबी म्युचुअल फन्ड-१ र एनआइबीएल समृद्धि फन्ड-२ लाई योग्य संस्थागत लगानीकर्ताका रूपमा काम गर्न स्वीकृति दिएको छ।
पाँच कम्पनी थपिएसँगै योग्य संस्थागत लगानीकर्ताको स्वीकृति पाउने कम्पनीहरुको संख्या ९८ पुगेको छ। यसअघि विभिन्न मितिमा बोर्डले ९३ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको स्वीकृति प्रदान गरिसकेको छ ।
धितोपत्र बोर्डबाट योग्य संस्थागत लगानीकर्ता (क्युआइआइ) को अनुमति पाएका संस्थाहरुले बुक बिल्डिङ विधिबाट जारी हुने कुनै पनि कम्पनीको प्राथमिक सेयर निष्कासनमा मूल्य निर्धारण प्रक्रियामा भाग लिन र संस्थागत लगानीकर्ताका रूपमा सेयर किनबेच गर्न पाउनेछन्। ।
बोर्डले बुक बिल्डिङ्ग निर्देशिका, २०७७ जारी गरिसकेको छ । वास्तविक क्षेत्रका केही कम्पनीहरुले यस विधिमार्फत धितोपत्रको सार्वजनिक निष्काशन गर्न तयारी समेत गरिरहेको सन्दर्भमा योग्य संस्थागत लगानीकर्ताको सूची सार्वजनिक गर्दै आएको छ।
बोर्डबाट स्वीकृतिप्राप्त योग्य संस्थागत लगानीकर्ताले निष्काशनकर्ता कम्पनीको प्राविधिक, वित्तीय, व्यवस्थापन, भावी योजना तथा रणनीति लगायतका विवरणको अध्ययनको आधारमा सूसुचित तवरले धितोपत्रको आशय मूल्य पेश गरी प्रारम्भिक सार्वजनिक निष्काशनको मूल्य निर्धारणमा दक्ष तथा व्यवसायिक सहभागितामार्फत् धितोपत्रको उचित मूल्य निर्धारण गर्न सहयोग पुग्नुका साथै वास्तविक क्षेत्रका संगठित संस्थाको थप प्रवेश हुने बोर्डको अपेक्षा रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया