आस्वा सदस्यता नवीकरणका लागि जेठ मसान्तभित्र निवेदन दिन बोर्डको निर्देशन

0
Shares

नेपाल धितोपत्र बोर्डले सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुलाई जेठ मसान्तभित्र आस्वा अनुमतिपत्र नविकरण गर्न निर्देशन दिएको छ ।

बोर्डले धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ को दफा ६ बमोजिम बोर्डबाट आस्वा सदस्यता प्राप्त बैंक तथा वितीय संस्थाहरुलाई आ.व। २०७८/७९ को आस्वा अनुमतिपत्र नविकरणका लागि २०७९ जेठ मसान्तभित्र निवेदन दिइसक्न आग्रह गरेको हो ।

हालसम्म अनुमतिपत्र नविकरणका लागि निवेदन पेश नगरेका आस्वा सदस्यहरुले २०७९ जेठ मसान्तभित्र अनुमतिपत्र नविकरणका लागि नवीकरण दस्तुर, सक्कल अनुमतिपत्र र निर्देशिकाले तोकेका योग्यता पूरा भएको जनाउने विवरण सहित अनुसूचीले तोकेको ढाँचामा निवेदन तयार गरी पेश गर्न बोर्डको नियमन तथा व्यवस्थापन विभागले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २४ जेष्ठ २०७९, मंगलबार  १२ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।