स्रोत नखुलेको ४ करोड नगद सहित चार चिनियाँ र एक नेपाली पक्राउ

0
Shares

स्रोत नखुलेको चार करोड रुपैयाँ नगद सहित चार जना चिनियाँ नागरिक र एक नेपाली नागरिकलाई नेपाल प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका २ स्थित नागढुङ्गाबाटस्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँ सहित नुवाकोट बिदुर नगरपालिका ८ बस्ने ४४ वर्षीय फुल बहादुर गुरुङ र चार जना चिनियाँ नागरिकलाई मंगलबार बिहान पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार नुवाकोटबाट काठमाण्डौंतर्फ आउँदै गरेको बिएबि ५७१० नम्बरको कारलाई चेकिङ्ग गर्दा उत्तः रकम फेला परेको हो । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डक्कीमा प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याएको उक्त नगद फेला परेको प्रहरीले जनाएको छ ।

चालक गुरुङ लगायत ४ जना चिनियाँ नागरिकमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २४ जेष्ठ २०७९, मंगलबार  १८ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।