‘एनआईसी एशिया फ्लेक्सी क्याप’को एकाईमा आवेदन दिन आज अन्तिम मौका, उच्च मागले बढ्यो फण्डको आकार

0
Shares

एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले निष्काशन गरेको १० करोड एकाई खरीदका लागि आवेदन दिन बुधबार अन्तिम दिन रहेको छ ।

मंगलबारसम्म सर्वसाधारणमा खुला गरिएको ८ करोड ५० लाख एकाईभन्दा बढीको माग परेपछि बुधबार बैंकिङ्ग समय पश्चात् एकाई खरीदका लागि आवेदन लिने कार्य बन्द गरिने भएको हो ।

फण्डले प्रति एकाई मूल्य १० अंकित दरको १० करोड एकाई जेठ १९ गतेदेखि जेठ २५ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । उक्त अवधिमा संस्था÷सर्वसाधारणहरुबाट माग गरे भन्दा बढी आवेदन प्राप्त एनआईसी क्यापिटलले जनाएको छ ।

एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको आकार १ अर्वबाट वृद्धि गरी १ अर्ब २५ करोडसम्म कायम गर्न सकिने हुँदा उक्त योजनाको इकाई खरिद गर्नका लागि जेठ २५ गते बैंकिङ्ग समय सम्म आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । मंगलबार साँझसम्म उक्त ९२ हजार २९० आवेदकबाट १ अर्ब ६ करोड भन्दा बढी इकाई खरिदको लागि आवेदन परेको क्यापिटलले जनाएको छ ।

एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको यस एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड सात वर्ष अवधि रहेको चौथो बन्दमुखी योजना हो । योजनामा संकलित अधिकांश रकम धितोपत्रको दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गरिने छ ।

उक्त योजनाको प्रमुख विषेशता भनेको योजनामा संकलित रकम सूचिकृत कम्पनीहरुमा लगानी गर्दा सूचिकृत कम्पनीहरुलाई स्मल क्याप, मिड क्याप र लार्ज क्याप गरी तीन समूहमा वर्गिकरण गरी जुन क्याप भित्र रहेका कम्पनीहरुबाट भविष्यमा राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ सोही समूह अन्तर्गतका कम्पनीहरुमा लगानी गरिन्छ ।

उक्त योजनाको न्यूनतम १०० इकाई र अधिकतम १ करोड इकाईसम्मको लागि खरिद आवेदन दिन सकिन्छ भने इकाई खरिदको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्वा सेवामा सहभागी सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुको शाखा कार्यालय र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको “मेरो सेयर” सफ्टवेयर मार्फत आवेदन दिनु पर्नेछ ।

उक्त फण्डमा लगानी गर्ने इकाईधनीहरुलाई योजनाको अवधिभरमा १३६ प्रतिशत भन्दा बढी प्रतिफल वितरण गरिने प्रक्षेपण गरिएको छ ।

इकाई खरीदका लागि नेपाली नागरिक, गैरआवासीय नेपालीको प्रमाणपत्र (परिचय पत्र) जारी भएका व्यक्ति, प्रचलित कानून बमोजिम दर्ता भएका नेपाली फर्म, संघ संस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेको कोषहरु जस्तै सञ्चय कोष, कल्याणकारी कोष, गुठी, अक्षय कोष आदिले इकाई खरिद गर्न आवेदन दिन सक्ने छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २५ जेष्ठ २०७९, बुधबार  ०९ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।