
पहेँलो धातु सुनको मूल्य नेपाली बजारमा बुधबार स्थीर रहेको छ । यस्तै अघिल्लो दिन मंगलबारको तुलनामा आज चाँदीको भाउ भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन मंगलबारकै भाउमा कारोबार हुँदा चाँदीको भाउ तोलामा पाँच रुपैयाँले बढेको जनाएको छ ।
महासंघका अनुसार आज बुधबार छापावाला सुनको भाउ प्रतितोला ९७ हजार ५०० रुपैयाँ तथा तेजावी सुनको भाउ ९७ हजार रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको भाउ १ हजार २८० रुपैयाँ निर्धारण गरिएको छ ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८४८ र चाँदी प्रतिऔंस २२.१२ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।
मंगलबार सुनको मूल्य ६०० रुपैयाँले घटेर छापावाला सुन ९७ हजार ५०० रुपैयाँ तथा तेजावी सुनको भाउ ९७ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीके भाउ १५ रुपैयाँ सस्तिँदै १ हजार २७५ मा कारोबार भएको थियो ।
नेपाली बजारमा सोमबार भने सुन तोलामा २०० रुपैयाँले बढेर छापावाला प्रतितोला ९८ हजार १०० रुपैयाँ तथा तेजावी सुनको भाउ ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । उक्त दिन चाँदी १५ रुपैयाँले बढेर तोलाको १ हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।











प्रतिक्रिया