कृषि विकास बैंक र वि.पि. कोइराला क्यान्सर अस्पतालविच बैकिङ कारोवार सम्झौता

0
Shares

कृषि विकास बैंकले भरतपुर क्यान्सर अस्पतालमा सेवा विस्तार गरेको छ । देशकै नमुना क्यान्सर अस्पतालको रुपमा विकास भइरहेको वि.पि. कोइराला मेमोरियल क्यान्सर अस्पताल र कृृषि विकास बैंक लिमिटेड विच बैंकिङ कारोवार गर्ने सम्झौता भएको हो ।

विगत ५ वर्ष देखि एक्स्टेन्सन काउन्टर सहित अस्पतालको आय संकलनको कार्य गरी रहेकोमा हाल सम्झौताको म्याद समाप्त भएकाले पुन बैंकिङ्ग कारोवारका लागि कृषि विकास बैंक, प्रदेश कार्यालय चिवतनका निर्देशक रधुनाथ न्यौपाने र क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देज कुमार गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

अस्पताल संचालक समितिका अध्यक्ष निर्मल लामिछानेले बैंकले अस्पतालको हाता भित्र सेवा प्रदान गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दै नगद रहित सेवा प्रवाहको अपेक्षा गरे । अस्पतालका डाइरेक्टर डा. देज कुमार गौतमले बैंक सँग सहकार्य गर्दा अस्पतालको साख वृद्धि हुने र सेवा प्रवाहमा सहजिकरण समेत हुने विचार राखे ।

कृषि विकास बैंक प्रदेश कार्यालय विरेन्द्रनगरका निर्देशक रधुनाथ न्यौपानेले नगद जम्मा, नगद भुक्तानी, चेक माग, बैंक खाता खोल्ने लगायतका सेवाका अतिरिक्त अस्पतालका कर्मचारीहरुले व्यवसायिक कर्जा, क्रेडिट कार्ड, विद्युतिय भुक्तानीका सेवा उपयोग गर्न अनुरोध गर्दै अव्बल सेवा प्रवाह गर्न बैंक सधै प्रतिवद्ध रहेको धारणा राखे।

यस सम्झौता पश्चात बैंकको एक्सटेन्सन काउन्टर मार्फत सो क्षेत्रमा ग्राहकले नगद जम्मा, नगद भुक्तानी, चेक माग लगायतका सेवा प्राप्त गर्न सक्नेछन् भने अस्पतालका कर्मचारीहरुले निःशुल्क क्रेडिट कार्ड सेवा प्राप्त गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।