अनर एक्स सिरिजका मोबाइल फोनहरु नेपाली बजारमा लन्च हुँदै

0
Shares

अर्नर एक्स सिरिजका तीनवटा मोबाइल फोनहरु नेपाली बजारमा लन्च हुने भएका छन् । अर्नर एक्स९, एक्स८ र एक्स७ मोडलका मोबाइल फोनहरु अर्नरको आधिकारिक बिक्रेता सेल्ट्रोन नेपालले लञ्च गर्ने भएको हो ।

क्वालकम चीप प्रयोग गरी निर्माण गरिएको उक्त मोबाइल फोन सेटहरुमा कटिङ–एड्ज क्यामरा रहेको छ । अर्नरको एक्स७ मोबाइलमा ५००० एमएएच ब्याट्री रहेको छ, जस कारण प्रयोगकर्ताहरुलाई एक पटक चार्ज गरेपछि २० घन्टा सम्म अनलाइन भिडियो स्ट्रीमिङ गर्न र ४९ घन्टाको अवधि सम्म फोन गर्न सक्ने छन्।

यसैगरी ६.७४ एन्चको डिस्प्ले, आखाँलाई सहजता प्रदान गर्न इबूक, डार्क मोड, लो ब्लु लाइट सर्टिफाइड टीयुभी रेनल्यान्ड, ६ जीविको अर्नर ¥याम टर्बो, ४८ मेगापिक्सलको अल्ट्रा किल्यर मेन क्यामरा, ५ मेगापिक्सलको वाइड एङगल क्यामरा, २ मेगापिक्सलको सेन्सीङ म्याक्रोे क्यामरा र २ मेगापिक्सलको सेन्सीङ बुके क्यामरा जस्ता विशेषताहरु यस मोबाइलमा रहेका छन् ।

यसैगरी अर्नर एक्स८मा ४०००एमएएचको ब्याट्री रहेको छ जसबाट प्रयोगकर्ताहरुले १३ घन्टा युट्युब, १९ घन्टा वेव ब्राउजीङ र ९.३ घन्टाको लागि गेमिङ गर्न सक्ने छन् । ७.४५ एमएमको मोटाइ रहेको यो मोबाइल १७७ ग्रामको रहेको छ । ६.७ इन्चको डिस्प्ले रहेको छ ।

यसैगरी यस मोबाइलमा ६४ मेगापिक्सलको मेन क्यामरा, ५ मेगापिक्सलको वाइड क्यामरा, २ मेगापिक्सलको सेन्सीङ म्याक्रोे क्यामरा र २ मेगापिक्सलको सेन्सीङ बुके क्यामरा रहेको छ । यसैगरी यो मोबाइलको पर्भमेन्स मापन स्नापड्रागन६८० रहेको छ भने ८ जीविको अर्नर टर्बो ¥याम रहेको छ ।

यसैगरी अर्नर एक्स९ मोबाइल फोनमा ४८०० एमएएचको व्याट्री रहेको छ । जसकारण प्रयोगकर्ताहरुले एक पटक चार्ज गरेपछि १३.७ घन्टा सामाजिक सञ्जाल चलाउन सक्ने छन् भने १६.३ घन्टा भिडियो हेर्न र २५.६ घन्टा लामो फोन कल गर्न सक्ने छन् । यसमा भएको ६६वाटको सुपरचार्ज प्रविधिको कारण चार्ज गर्दा सहजता आउने भएको छ ।

प्रयोगकर्ताहरुले ४८ प्रतिशत चार्ज १५ मिनेटमा र ८० प्रतिशत चार्ज ३० मिनेटमा गर्न सक्नेछन् । सुपर न्यारो बेजेल्स डिजाइन रहेको यस मोबाइलको मोटाइ ८.०५ एमएम रहेको छ भने यसको तौल १८९ ग्राम रहेको छ । यसैगरी यस मोबाइल फोनको डिसप्ले ६.८१ इन्चको रहेको छ । यसैगरी अन्य मोडल जस्तै यस मोबाइलको पर्भमेन्स मापन स्नापड्रागन६८० रहेको छ

अर्नर सिरिजका मोबाइल फोनहरु जूनको तेस्रो हप्ताबाट नेपाली बजारमा उपल्ब्ध हुने भएको छ भने ग्राहकहरुले अनलाइन माध्यमबाट पनि यो मोबाइल खरिद गर्न सक्ने छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २७ जेष्ठ २०७९, शुक्रबार  १५ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।