कुमारी बैंकका कार्डबाहकले ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा ३० प्रतिशतसम्म छुट पाउने

0
Shares

कुमारी बैंक लिमिटेडका डेबिट/क्रेडिट कार्डबाहकहरुले बुटवलस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटेलमा अधिकतम ३० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

बैंक र बुटवलस्थित होटेलबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटेलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो ।

सो सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिङ्ग प्रमुख नवीनमुनि बज्राचार्यले तथा ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटेलका तर्फबाट महाप्रबन्धक लक्ष्मण खड्काले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकका ग्राहकले उक्त होटेल बसाईमा रुम शुल्कमा ३० प्रतिशत र खानपानमा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् । डिजिटल कारोबारमा ग्राहकहरू आकर्शित भाईरहेको कुरालाई मध्यनजर गर्दै डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटेलका विभिन्न सेवाहरुमा आकर्षक छुटको प्रावधान गरेको हो ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४२ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।