नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले त्यागे कप्तानी

0
Shares

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले कप्तानीबाट राजिनामा दिएका छन् । मंगलबार प्रेस बिज्ञप्ति निकाल्दै पारसले कप्तानी पद छाडेका हुन् ।

नेपाललाई अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले निलम्बन फुकुवा गरेको दोस्रो दिन कप्तानले राजिनामा दिएका हुन् । नेपाली क्रिकेटका सफल कप्तान पारसले सन् २००९ बाट नेपाली टोलीको कप्तानी लिएका थिए ।

पारसले विज्ञप्तिमा उल्लेख गरेका छन्,’नेपाली क्रिकेटमाथि लागेको निलम्बन फुकुवा भएको थाहा पाउँदा निकै खुशी र नयाँ समितिले नेपाली क्रिकेट, खेलाडी तथा सरोकारवालाहरुको राम्रा लागि गरोस भन्ने कामना गर्दछु। मैले अहिलेदेखि नै लागू हुने गरी नेपाली क्रिकेट टोलीको कप्तानबाट राजिनामा दिने निर्णय गरेको छु। नयाँ शुरुवातका नयाँ तरिकाबाट हो र टोलीलाई अघि बढाउने गरी सबैको सहभागिता रहोस भन्ने चाहान्छु। यो अविश्वनीय यात्राको क्रममा मलाई सहयोग गर्ने सबै खेलाडी, कोच, अम्पायर, साथीहरु, ग्राउन्ड म्यान तथा मेरा परिवारलागि धन्यवाद व्यक्त गर्छु। जय नेपाल।’