अर्थमन्त्रीद्धारा बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको विषयको बचाउ

0
Shares

अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराइएको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले राजीनामा माग गरिरहेको बेला त्यसको बचाउ गरेका छन् ।

अर्थमन्त्री शर्माले मंगलबार प्रतिनिधि सभा बैठकमा समय माग गरेर बोल्दै उनले बजेट निर्माणमा कानुनले दिएको अधिकार मात्र प्रयोग गरेको भन्दै आफ्नो बचाउ गरेका हुन् ।

उनले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्ने समाचार अत्यन्तै भ्रामक, झूटो र कपोकल्पित भएको स्पष्टीकरण दिए । उनले अर्थमन्त्रीको हैसियतमा आफूले सरकारको नीति तथा भिजन मात्रै दिने अधिकार भएको र सोही अनुसार काम गरिएको बताए ।

बजेट निर्माणका लागि अर्थ मन्त्रालयमा अर्थ सचिव र राजस्व सचिवको नेतृत्वमा टिम परिचालन हुने र उनीहरुले तयार गरेको बजेटमा सम्पादन नियमावलीले आफूलाई बजेट निर्माण गर्नका लागि अधिकार दिएको र सोही अधिकार मात्रै आफूले प्रयोग गरेको अर्थमन्त्री शर्माको भनाई थियो ।

सरोकारवालाको सुझाव, सम्बन्धित मन्त्रालयले पठाएको कार्यक्रम र योजनाकै आधारमा अर्थ मन्त्रालयको पदाधिकारीले बजेट बनाउने विधि र प्रक्रिया रही आएको अर्थमन्त्री शर्माको भनाइ थियो ।

राजस्व परिचालनबारे राजस्व सचिव र अर्थ परिचालन सम्बन्धी अर्थ सचिवले आवश्यक तयारी गर्ने हुनाले त्यसमा अर्थमन्त्रीले खेल्न मिल्ने कुनै अधिकार नभएको शर्माको तर्क छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ३१ जेष्ठ २०७९, मंगलबार  १८ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।