जर्मन कार निर्माता फक्सवागनको सुविधा सम्पन्न शोरुम नक्सालमा

0
Shares

नेपालका लागि फक्सवागन गाडीको आधिकारिक बिक्री वितरक, पूजा इन्टरनेसनल नेपाल प्रालिले बुधबार नक्सालमा पनि जर्मन स्ट्याडर्डको फ्ल्यागशिप शोरुम खोलेको छ ।  कम्पनीले ग्राहकको बढ्दो मागअनुसार नक्सालमा पाँचतारे अनुभवको अत्याधुनिक सुविधा सम्पन्न सोरुम सञ्चालनमा ल्याएको जनाएको छ ।

पूजा इन्टरनेसनल नेपालका प्रमुख कार्यकारी अधिकत विवेक विजुक्छेले जर्मनीको जस्तै अत्याधुनिक सुविधासम्पन्न शोरुम नक्सालमा खोल्न पाउँदा निकै खुसीलागको बताउँदै शोरुमले ग्राहकलाई फक्सवागनको गाडी खरिद गर्न अझ सजिलो बनाउने बताए ।

उनले नयाँ सोरुम खोलेको अवसरमा कम्पनीले आगामी दुई सातासम्म उक्त सोरुमबाट गाडी बुकिङ गर्ने ग्राहकका लागि आकर्षक अफर पनि ल्याएको पनि जानकारी दिए । प्रमुख कार्यकारी अधिकृत विजुक्छेका अनुसार यो सोरुमबाट आगामी दुई सातासम्म गाडी बुकिङ गर्ने ग्राहकले ४ वर्षसम्म तनाव मुक्त भै फ्री सर्विसिंग र फ्रि कन्सम्बल्स पाउनेछन् ।

पूजा इन्टरनेसनलले १२ वर्षदेखि नेपालमा फक्सवागनका गाडी बिक्री वितरण गर्दै आएको छ । फक्सवागनका गाडीहरु बलियो डिजाइन र युरोपेली प्रविधिबाट तयार गरिएकोले नेपाली गाडी पारखीमाझ निकै लोकप्रिय छन् । जसले यसलाई नेपालको निकै रुचाइएको ब्रान्ड पनि बनाएको छ । नेपालमा फक्सवागनका १० भन्दा बढी सोरुम र ९ वटा सर्विस सेन्टर सञ्चालनमा रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: १ असार २०७९, बुधबार  १३ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।