ग्रीन डेभलपमेन्ट बैंकको कामु सीईओमा बुढाथोकी

0
Shares

ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड (GRDBL) ले हरि बहादुर बुढाथोकीलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत को जिम्मेवारी दिएको छ ।

बैंक सञ्चालक समितिको २०७९ जेठ ३१ गते दिनको ५ बजे बसेको सञ्चालक समितिको १७६ औं बैठकको निर्णय अनुसार बैंकका वरिष्ठ प्रबन्धक हरि बहादुर बुढाथोकीलाई सो जिम्मेवारी दिइएको हो ।

बैंकका सञ्चालन तथा अनुपालना विभाग प्रमुख सुशिल पौडेलले मंगलबारको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि असार १ देखि लागू हुनेगरी कामय मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय भएको जानकारी दिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यको चार वर्षे कार्यकाल२०७९ जेठ ३१ गते समाप्त भएपछि बुढाथोकीलाई सो जिम्मेवारी दिइएको हो ।

सोही बैठकले बैंकका सञ्चालन तथा अनुपालना विभाग प्रमुख सुशिल पौडेललाई कम्पनी सचिव नियुक्त गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।