शिखर शुजले ल्यायो एकैपटक ५० नयाँ मोडलका स्पोर्टस जुत्ताहरु

0
Shares

शिखर शुज इन्ड्रष्ट्रिजले नयाँ मोडेलका स्पोर्टस शु बजारमा ल्याएको छ ।

कोरोना महामारीका कारण विगतमा बजार सुस्ताएको थियो भने पछिल्लो समय दैनिक जनजीवन धेरै मात्रामा सहज भएपछि प्रा.लिले एकै पटक ५० बढी मोडलका जुत्ताहरु बजारमा ल्याएको हो ।

अहिले महिला, बृद्ध तथा युवावर्ग सबैको मागलाई ध्यानमा राखी बजारका आएका स्पोर्टस् शुहरु हल्का, लचकदार रहको शिखर शुजले जनाएको छ ।

विगत २५ बर्ष देखि यस इन्ड्रष्ट्रिज द्वारा उत्पादन गरि बजारमा विक्रि वितरण गदै आईरहेको विभिन्न मोडलका जुत्ता तथा चप्पलहरु आम नेपाली ग्राहकहरु माझमा ल्याई देशवासी सबैको मनमा बस्न सफल शिखर शु का उत्पादन अत्यन्त हल्का र आरामदायी रहेको कम्पनीका बजार व्यवस्थापक राजु उप्रेतीले बताए ।

शिखर शु का स्पोर्टस शुहरु सम्पुर्ण उमेर समूहका लागि उपयुक्त रहेको र सुपथ मुल्यमा पाइने भएकाले धेरै नेपालीको रोजाईमा पर्ने कम्पनीले विश्वास लिएको छ ।

विगत लामो समयदेखि विभिन्न किसिमका स्कुल शु, कलेज शु, पार्टीका साथै लेडिज शु उत्पादन गर्दै आएको नेपालको नं वान फुटवेयर ब्राण्ड शिखर शुले आफ्ना ग्राहकहरुको मागलाई ध्यानमा राखि ५० भन्दा बढी मोडलका स्पोर्ट शु बजारमा ल्याएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १ असार २०७९, बुधबार  १६ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।