नेप्सेमा गिरावट कायमै, बुधबार ३० अंकले नेप्से घट्दा सूचक १९६६ बिन्दुमा झर्‍यो

0
Shares

सरकारी नीति पूँजीबजारमैत्री बन्न नसक्दा नेप्से डेढ वर्षयताकै तल्लो बिन्दुमा झरेको छ । बुधबार पनि नेप्सेको ओरालो यात्रा कायमै रहेको छ । लगानीकर्ताको मागको सरकारी वेवास्तका कारण पछिल्लो समय निरन्तर नेप्सेमा वियरिस प्रवृत्ति हाबी हुँदै आएको छ ।

सरकारले साढे ३ वषअघि पूरा गर्ने बताएको माग अझैपनि पूरा नहुँदा पुँजीबजार सुधार संघर्ष समितिका संयोजक तथा लगानीकर्ता तिलक कोइरालाले बजार सुधारका लागि १९ बुँदे माग सहित असार १ गते देखि आमरण अनशन सुरु गरेका छन् ।

पुँजी बजार सुधारका लागि १९ बुँदे मागसहित कोइरालाले थाले आमरण अनशन

पछिल्लो पाँच कारोबार दिनमा नेप्से ११४ अंकले ओरालो लागेको छ । २१९ अंक घटेपछि जेठ २५ गते बुधबार नेप्से ६० अंकले बढेको थियो । नेप्सेका अनुसार बुधबार नेप्से २९.८९ अंकले घटेर सूचक १९६६.३७ अंकमा झरेको हो । यसदिन २२९ कम्पनीका ४१ लाख ४२ हजार ३६९ कित्ता सेयर १ अर्ब ४९ करोड १७ लाख ५८ हजार ८१७ रुपैयाँमा खरिद बिक्री भएका छन् ।

कारोबारमा आएका सबै उपसमुहगत सूचक ऋणात्मक भएको बजारमा ब्यापार सूचक सर्वाधिक २.५० प्रतिशत, लगानी २.४२ प्रतिशत, जलविद्युत २.३२, फाइनान्स २.०२ प्रतिशत र जीवन बीमा २.०१ प्रतिशतले घटेको छ ।

आज भाउ बढेपछि नेपाल टेलिकमको सर्वाधिक १२ करोड ५७ लाख बढीको सेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरी ५.२८ करोड, बैंक अफ काठमाण्डू ५.१७ करोड, एनआईसी एशिया बैंक ४.४१ करोड र अरुण भ्याली हाइड्रोपावरको ४.१० करोडको सेयर खरीद बिक्री भएको छ ।

बुधबारको बजारमा सिवाईसी नेपाल लघुवित्त र आधिँखोला लघुवित्तको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । सिवाईसीको प्रतिकित्ता मूल्य ४२०.४० रुपैयाँ तथा ४९३.२० रुपैयाँ पुगेको छ ।

यसदिन बलेफी हाइड्रोपावरको सबैभन्दा धेरै ८.७६ प्रतिशतले घटेर २५० रुपैयाँमा झरेको छ । एलआईसी नेपाल ८.२६ प्रतिशत, माउन्टेन हाइड्रो नेपाल ५.८९ प्रतिशत, शिखर इन्स्योरेन्स ५.२५ प्रतिशत र सिंगटी हाइड्रोपावरको ५.०४ प्रतिशतले घटेको छ । सिन्धु विकास बैंक, तेह्रथुम पावर, अजोड इन्स्योरेन्स, जोशी हाइड्रोपावर र इमर्जिङ्ग नेपाल लिमिटेडको सेयरमूल्य पनि ४ प्रतिशतभन्दा बढीले घटेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ असार २०७९, बुधबार  १६ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।