
रिभर फल्सको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बुधबार नेपाल स्टक एकसचेञ्ज (नेप्से) मा सूचीकरण भएको छ । कम्पनीको बुधबार ७० लाख कित्ता सेयर सूचीकरण भएको हो ।
बुधबार सेयर सूचीकरण भएसँगै धितोपत्र सूचीकरण व्यवस्था अनुरुप कम्पनीको सेयर बिहीबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार सुचारु हुनेछ ।
नेप्सेले कम्पनीकोसेयर कारोबारका लागि आरएफपीएल कारोबार संकेत दिएको छ । यहि कारोबार संकेतमा कम्पनीकाे धितोपत्र खरीद बिक्री हुनेछ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ओपनिङ रेन्ज समेत तोकेको छ । कम्पनीको परिष्कृत वित्तीय विवरणका आधारमा पहिलो कारोबारका लागि न्यूनतम ८७.९८ रुपैयाँ देखि अधिकतम २६३.९४ रुपैयाँसम्म ओपनिङ्ग कारोबार रेञ्ज तोकेको छ । यसअनुसार कम्पनीकाे सेयर बिहीबार स्पेशल प्रि-ओपनिङ्ग सेसनमा कारोबार म्याच भई नियमित कारोबारमा आउनेछ ।
नेप्सेले कम्पनीको परिष्कृत वित्तीय विवरणका आधारमा प्रतिसेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्म कारोबार रेञ्ज तोक्ने गरेको छ ।
थप समाचारहरूः-
रिभर फल्स पावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल
रिभर फल्सको आईपीओमा ५३ हजार ८०२ वटा आवेदन रद्द, १६ लाख ५ हजार जनाले सेयर प्राप्त गर्न सकेनन्
रिभर फल्सको आईपीओ बाँडफाँड, २ लाख ५३ हजार ८९० जनाले गोलाप्रथाबाट पाए १० कित्ता
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया