नबिल बैंकद्वारा क्यूआर कारोबारमा आधारित नयाँ क्यासब्याक योजना सार्वजनिक

0
Shares

नबिल बैंकले महिला तथा युवा ‘क्यूआर मर्चेन्ट’ लक्षित गर्दै क्यूआर कारोबारमा आधारित नयाँ क्यासब्याक योजना सार्वजनिक गरेको छ।

नबिल बैंक र संयुक्त राष्ट्र पूँजी विकास कोष (यूएनसीडीएफ) को सहकार्यमा आधारित ‘क्यूआर कोडः महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवर्द्धन’ परियोजना अन्तर्गत यो योजना सुरु गरिएको बैंकले जनाएको छ।

विशेष गरी कोभिड १९ पछिको अवस्थामा डिजिटल वित्तीय समाधान मार्फत महिला र युवाहरूको प्रवर्द्धन गर्ने उदेश्यको साथ यो योजना सुरु गरिएको छ।

युवा भन्नाले यस परियोजनामा संयुक्त राष्ट्र संघको परिभाषा अनुसार १८ देखि २४ वर्षको उमेर भएको उद्दमी जसको आपनो स्वामित्वमा व्यवसाय छ वा जसले प्रत्यक्ष रुपमा व्यवसाय संचालन गरिरहेका छन्, उनीहरुलाई बुझ्नुपर्दछ। यसअधि नयाँ वर्षको अवसरमा पनि नबिल बैंकले यस्तै क्यासब्याक योजना सार्वजनिक गरेको थियो।

एक महिनाको लागि संचालन गरिने यस योजनामा महिला तथा युवा क्यूआर मर्चेन्टले गर्ने पहिलो क्यूआर कारोबारमा १० प्रतिशत वा अधिकतम प्रति कारोबार रु। २०० नगद फिर्ता दिइनेछ। यो योजना आषाढ महिनाभरि लागू हुने जनाइएको छ।

वित्तीय पहूँच नपुगेका महिला र युवा उद्दमीमा लक्षित यस योजना मार्फत नबिल बैंकले त्यस्ता उद्दमीहरुलाई बैकिङ च्यानलमा भित्राउने, पुराना निष्कृय मर्चेन्टलाई सकृय बनाउने र उनिहरुलाई डिजिटल वित्तीय समाधानहरू प्रदान गरि दिगो वित्तीय रूपान्तरणलाई बढावा दिने लक्ष्य लिएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।