ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको सेयर कारोबार बिहीबारदेखि रोक्का भएको छ ।
दुई बैंकबीच बिहीबार एक आपसमा मर्जर तथा प्राप्ती सम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएसँगै नेप्सेले मर्जर विनियमावलीलाई टेकेर सेयर कारोबार रोक्का भएको हो ।
ग्लोबल आइएमई बैंकको असार १ गते साँझ ५ बजेदेखि ८ बजेसम्म बसेको बैठकको निर्णय अनुसार ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड बीचमा मर्जर गर्ने निर्णय गरेको थियो ।
ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूबीच मर्जर सम्झौता, चुक्ता पुँजी ३४ अर्ब ४१ करोड पुग्ने
यस्तै बैंक अफ काठमाण्डू लिमिटेडको बसेको सञ्चालक समितिको २२६ औं बैंठकले पनि बैंक अफ काठमाण्डू र ग्लोबल आईएमई बैंकबीच एक आपसमा गाम्ने/गाभिने सम्बन्धमा प्रारम्भिक समझदारी पत्रको मस्यौदा स्वीकृत गरी हस्ताक्षर लगायत सम्पूर्ण कार्य गर्न बैंकका सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठलाई अख्तियारी प्रदान गरेको थियो । सोही अनुसार दुई बैंकबीच सम्झौता भएको हो ।
उक्त विषयमा दुबै बैंकको बीच २०७९ असार २ गते बिहान ८ बजे सहमति पत्रमा हस्ताक्षर सम्पन्न भएको हो । मर्जर कार्य अगाडी बढाउन सैद्धान्तिक सहमतिका लागि नेपाल राष्ट्र बैंक समक्ष संयूक्त निवेदन गर्नका लागि बैकको सेयर कारोबार रोक्का गर्ने निर्णय समेत उक्त बैठकले गर्दै नेप्सेलाई गाभ्ने/गाभिने प्रयोजनको लागि सेयर कारोबार रोक्का गरी सो ब्यहोराको जानकारी नेपाल राष्ट्र बैंकलाई गरी पाउन निर्णय अनुसार अनुरोध गर्न सञ्चालक समितिको निर्णय अनुसार नेप्सेले सेयर कारोबार रोक्का गरेको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया