नेपाल बैंकको सञ्चालकमा केदारनाथ शर्मा

0
Shares

नेपाल बैंकको सञ्चालकमा नेपाल सरकार, अर्थ मन्त्रालयका सहसचिव केदारनाथ शर्मा नियुक्त भएका छन् ।

बैंक सञ्चालकमा समितिमा नेपाल सरकार, अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा शर्मा नियुक्त भएका हुन् ।

बैंकका कम्पनी सचिव केशव प्रसाद भण्डारीले सञ्चालक शर्माले असार ३ गते सञ्चालक समितिका अध्यक्षबाट सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेको बताए ।

यसअघि बैंकमा अर्थ मन्त्रालयका प्रतिनिधिको रुपमा रितेश कुमार शाक्यले प्रतिनिधित्व गर्दै आएका थिए । उनको स्थानमा नेपाल सरकारले शर्मालाई सञ्चालक नियुक्त गरेको हो ।

नेपाल बैंकमा सरकारको ५१ प्रतिशत सेयर लगानी रहेको छ । एफपीओअघि बैंकमा ६२ प्रतिशत सेयर स्वामित्व रहेकोमा एफपिओ निष्काशनसँगै सरकारको स्वामित्व ११ प्रतिशतले घटेको थियो । हाल बैंकमा सर्वसाधारणको स्वामित्व ४९ प्रतिशत रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।