नेपाल फाइनान्सको चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद बाँडफाँड

0
Shares

नेपाल फाइनान्स कम्पनीको हकप्रद सेयर बाँडफाँड भएको छ ।

फाइनान्स कम्पनीले जेठ ६ गतेदेखि २६ गतेसम्म चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद निष्काशन गरेको थियो ।

फाइनान्सले जारी गरेको प्रतिसेयर एक सय रुपैयाँ अंकित दरका ३४ लाख ५४ हजार ४७४ दशमलव २७५ कित्ता हकप्रद सेयर असार ५ गते बाँडफाँड गरेको हो ।

फाइनान्सले प्रभु क्यापिटल लिमिटेडको बिक्री प्रबन्धकत्वमा उक्त हकप्रद सेयर जारी भएको थियो । सो हकप्रदमा २०७९ बैशाख २० गतेसम्म कायम साबिक सेयरधनीले आवेदन पाउने व्यवस्था थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ असार २०७९, मंगलबार  १३ : ३४ बजे