नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश कुमार हमालले तोकिएको राफसाफ समयमा नै धितोपत्रको सेटलमेन्ट नगर्ने धितोपत्र दलाल कम्पनीहरुलाई कारवार्ही गरिने बताएका छन् ।
लगानीकर्ताहरूको १९ बुँदे माग सम्बोधन गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष हमालले हाल सेयर खरिद बिक्रीको राफसाफमा तोकिएकै दिन लगानीकर्ताको खातामा पैसा र सेयर नहाल्ने ब्रोकर कम्पनीहरुमाथि छानविन गरी कानुन मिचेर काम गर्ने ब्रोकरहरुमाथि कारवाही गर्ने बताएका हुन् ।
बोर्डले आफ्नो कार्यक्षेत्र भित्रको कामहरुलाई सुरुवाती दिनदेखि नै कार्यान्वयनमा लगेको बताउँदै उनले सेयर कारोबारको राफसाफ समयमा नै गराउन बोर्ड पछाडि नहट्ने बताए ।
लगानीकर्ताले सीडीएससी मार्फत सेयर खरिद बिक्रीको राफसाफ भएकै दिन लगानीकर्ताको खातामा पैसा र सेयर जानुपर्ने मागका सम्बन्धमा उनले बोर्डले भविष्यमा टि प्लस जिरोको जाने बताए ।
अध्यक्ष हमालले तीन महिना अघि नै बोर्डले टि प्लस जिरोमा जाने निर्णय कार्यान्वयनमा जाने निर्णय गरिसकेको बताउँदै उनले भने, “टि प्लसको सेटलमेन्टको सवालमा हामीले तुरुन्तका तुरुन्त कारवाही गरेका छौं । बोर्डले त्यस्ता धेरै निर्णय गरिसकेको छ । टि प्लस जिरो सेटलमेन्टको सवालमा केही छ भने यहाँहरुले बोर्डमा प्रस्तुत गर्नुहोस्, हामीले छानबीन गरेर त्यो अन्यौलता रहेको छ र कानुन मिचेर ब्रोकरहरुले काम गरेका छन् भने हामी ठाउँको ठाउँ कारवार्ही गछौं । धितोपत्र बोर्डले कारवार्ही गर्छ । बोर्ड कारवार्ही गर्नमा पछाडि हट्ने स्थिति छैन ।”
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया