अधिक ‘सेलअफ’ पछि लगानीकर्ता बजार फर्किदा बढ्न थाल्यो विश्व सेयर बजार

0
Shares


कोरोना महामारी समाधान उन्मूख भएसंगै निरन्तर ओरालो लागेको विश्व सेयरबजारमा सुधारको संकेत देखिएको छ । केन्द्रीय बैंकहरुले आक्रामक रुपमा औसत ब्याज दर बढाउने तयारी गरे पछि प्यानिक भएका लगानीकर्ताले होस सम्हालेपछि सेयरबजार बढेको हो ।

प्यानिक भएका लगानीकर्ता अधिक ‘सेलअफ’ पछि बजार फर्किदा आशावादी बनेका छन् । मुद्रास्फीति नियन्त्रणको लागि विश्वव्यापी रुपमा केन्द्रीय बैंकहरुले औसत ब्याजदर बढाउँदै गएपछि विश्व सेयरबजार ओरालो लागेको थियो ।

यसैक्रममा पाँच हप्ता लगातार ओरालो लागेको जापान बाहिरको बृहत एसिया-प्यासिफिक सेयर सूचांक एमएससीआई १.३ प्रतिशतले बढेको छ । जापानी सेयर सूचांक निक्की पनि २.२२ प्रतिशत बढेको छ भने युरोपियन सेयर सूचांक युरोस्टक्स ५० फ्युचर्स ०.६ प्रतिशत र एफएटएसई फ्युचर्स ०.५ प्रतिशतले उकालो चढेको छ ।

यसैगरी सार्वजनिक बिदाका कारण सोमबार बन्द रहेको अमेरिकी सेयरबजार मंगलबारको प्रिओपनिङ्गमा एस एन्ड पी ५०० इमिनि सेयर फ्युचर्स सूचांक १.६३ प्रतिशतले बढेको छ भने नास्ड्याक इमिनि सेयर फ्युचर्स १.७६ प्रतिशतले बढेको छ ।

सेयर बजार केही अंकले बढेता पनि यो वृद्धि अस्थायी रहेको केही लगानीकर्ताहरुको बुझाई छ । यसै क्रममा जेपी मोर्गन एसेट म्यानेजमेन्टका विश्वव्यापी बजार रणनीतिज्ञ केरी क्रेगले, बजारमा देखिएको हरियाली अस्थायी रहेको र अधिक सेलअफ पछि हुने केही अंकको वृद्धि बियरिस बजारको सामान्य प्रवृति रहेको बताएका छन् ।

विश्व सेयरबजार अस्थिर रहँदा नेपालमा पनि सेयरबजार अस्थिर रहँदै आएको छ । विंसं २०७८ भदौ २ गते ३१९८ अंक टेकेको नेपालको सेयर सूचांक नेप्से २०७९ असार ७ गते आइपुग्दा १९२४ विन्दुमा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।