
नेपाल धितोपत्र बोर्डले सान्जेन जलविद्युत कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ ।
कम्पनीलाई आयोजना प्रभावित रसुवा जिल्लाका स्थानियहरुको लागि आईपीओ निष्काशन गर्ने अनुमति दिएको हो । कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको साढे दुई वर्षपछि बल्ल आयोजना प्रभावित स्थानियको लागि शेयर निष्काशन गर्ने भएको हो ।
कम्पनीले जारी पूँजी ३ अर्ब ६५ करोडको १५ प्रतिशत अर्थात ५४ करोड ७५ लाख रूपैयाँ बराबरको ५४ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गरिसकेको छ ।
अब कम्पनीले आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीय बासिन्दाको लागि जारी पूँजीको १० प्रतिशत अर्थात ३६ करोड ५० लाख रुपैयाँ बराबरको ३६ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्नेछ ।
आयोजना प्रभावित रसुवा जिल्लाका स्थानियलाई आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम नागरिक लगानी कोषले गर्नेछ । कम्पनीले रसुवा जिल्लाको सान्जेन खोलामा उपलब्ध जलस्रोतको प्रयोग गरी अपर सान्जेन (१४.८ मेगावाट) र सान्जेन जलविद्युत आयोजना (४८.५ मेगावाट) निमार्ण गर्दैछ ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया