ङादी ग्रुप पावरको १५० प्रतिशत हकप्रद धितोपत्र बोर्डबाट स्वीकृत

0
Shares

ङादी ग्रुप पावर लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद जारी गर्न स्वीकृति पाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सीईओ सुदीप बास्कोटाले खसार ९ गते बिहीबार धितोपत्र बोर्डले कम्पनीलाई १ः१.५ प्रतिशतको अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको बताए ।

बोर्डले कम्पनीलाई बिहीबार हकप्रद सेयर निष्काशन गर्नका लागि बोर्डमा प्रस्तुत गरेको “हकप्रद सेयर निष्काशन सम्बन्धी व्यवस्था र विवरणहरुलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम प्रकाशन गर्नस्वीकृति प्रदान गरेको हो ।

कम्पनीले १ः१.५० कित्ताको अनुपातमा एक सय रुपैयाँ अंकित दरको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।
कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ असार २०७९, शनिबार  १२ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।