नेपाल एसबीआई बैंकलाई ३ अर्बको ऋणपत्र बिक्री अनुमति

0
Shares

नेपाल एसबीआई बैंकले तीन अर्ब रुपैयाँ बराबरको ‘एसबीआई बैंक डिबेन्चर २०८३’ बिक्री गर्न अनुमति पाएको छ ।

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले बैंकले असार ९ गते बिहीबार ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न अनुमति दिएको हो ।

बोर्डको अनुमतिसँगै अब बैंकले अधिकतम २ महिनाभित्रमा प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३० लाख इकाई ऋणपत्र बिक्रीमा ल्याउनेछ ।
कुल जारी हुने ३० लाख इकाई ऋणपत्रमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

बैंकले जारी गर्ने ५ वर्ष अवधिको ‘एसबीआई बैंक डिबेन्चर २०८३’ का लगानीकर्ताले वार्षिक ९.२५ प्रतिशत ब्याजदर पाउनेछन् । बैंकले ऋणपत्र निष्कासनका लागि सानिमा क्यपिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।