.jpg)
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार शुक्रबारको तुलनामा सुनकाे भाउ तोलामा १०० रुपैयाँले वृद्धि भएको हो । पहेँलो धातु अघिल्लो दिन शुक्रबार प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुनको भाउ पनि १०० रुपैयाँले बढेर प्रतितोला ९६ हजार ८०० रुपैयाँ पुगेको छ । संघले सार्वजनिक गरेको विवरणानुसार शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५ रुपैयाँले बढेर १ हजार २४५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । चाँदी शुक्रबार तोलामा १० घटेर १ हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८२८ र चाँदी प्रतिऔंस २१.१५ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया