युनाइटेड सिमेन्ट्सद्वारा ७३ विद्यार्थीलाई स्कुल ड्रेस वितरण

0
Shares

युनाइटेड सिमेन्ट्सले महादेवखोला, लेलेका सरकारी तथा निजी विद्यालयमा अध्यनरत ७३ विद्यार्थीलाई स्कुल ड्रेस वितरण गरेको छ ।

युनाइटेड सिमेन्ट्सको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महादेव युवा क्लबका अधक्ष अर्जुन लामाको अधक्षतामा गरिएको सो कार्यक्रममा युनाइटेड सिमेन्ट्सका खानी प्रबन्धक हरि कुमार उप्रेतीले स्कुल ड्रेस वितरण गरेका हुन् ।

सो कार्यक्रममा एसएम रोडा ढुंगाको पनि योगदान रहेको थियो । युनाइटेड सिमेन्ट्सले विगतमा पनि स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा विभिन्न
सामाजिक कार्यक्रम गरेको थियो र भविष्यमा पनि यस्ता किसिमका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

उद्योगले ४३ ग्रेड तथा ५३ ग्रेडको गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको कम्पनीले आफ्नो उत्तरदायित्व वहन गर्न सधैँ तयार रहेको जानकारी गराएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।