एनआईसी एशिया बैंक र वल्र्डलिङ्क बीच डिजिटल भुक्तानीमा सहकार्य

0
Shares

एनआईसी एशिया बैंक र वल्र्डलिङ्क कम्युनिकेसन्स् लि.बीच डिजिटल भुक्तानी गर्ने सम्झौता भएको छ ।

सम्झौता बमोजिम एनआईसी एशिया बैंकका ग्राहकहरुले २०७६ आश्विन ३० देखि २०७६ कात्र्तिक १६ गते (छठ पर्व) सम्म वल्र्डलिङ्कको इन्टरनेट बिल, मोबाइल बैकिङ्ग र डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १०% वा अधिकतम रु ३०० सम्म क्यास ब्याक प्राप्त गर्न सक्नुहुनेछ ।

साथै वल्र्डलिङ्कका ग्राहकहरुले कुनै पनि बैंकको मोबाइल बैकिङ्ग र डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी वल्र्डलिङ्कका कुनै पनि आउटलेट तथा शाखाहरुबाट इन्टरनेटको बिल सहज रुपमा भुक्तानी गर्न सक्नुहुनेछ ।

सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र वल्र्ड लिङ्क लि.को तर्फबाट वल्र्डलिङ्कका प्रमुख वित्त अधिकृत संजय कुमार साहले हस्ताक्षर गरे ।

एनआईसी एशिया बैंकले मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३७८ एटिएम, ८४ वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।