डिम्याट खाताको नवीकरण शुल्क बुझाउन बिओके क्यापिटलको अनुरोध

0
Shares

बिओके क्यापिटलले आफ्ना ग्राहकलाई हितग्राही (डिम्याट) खाताको वार्षिक नवीकरण शुल्क बुझाउन अनुरोध गरेको छ ।

बिओके क्यापिटल तथा बैंक अफ काठमाण्डू लिमिटेडका कुनैपनि शाखामा हितग्राही खाता खोलेर धितोपत्रको कारोबार गरिरहेका ग्राहकहरुलाई यही असार मसान्तभित्र नवीकरण शुल्क बुझाउन क्यापिटलले आग्रह गरेको हो ।

क्यापिटलले धितोपत्र केन्द्रीय निक्षेप विनियमावली, २०६८ मा भएको व्यवस्था बमोजिम आव २०७८-७९ को लागि वार्षिक शुल्क १०० तथा अघिल्लो आर्थिक वर्षहरुमा समेत डिम्याट सञ्चालन गरे प्रत्येक आवको वार्षिक शुल्क १०० का दरले बुझाउन भनेको हो ।

विनियमावली अनुसार हितग्राही खाता सञ्चालन गरेवापत ग्राहकले हरेक आर्थिक वर्षमा १०० रुपैयाँ र मेरो सेयरको सेवा प्रयोग गरे वापत वार्षिक ५० रुपैयाँ बुझाउनुपर्छ । सोही अनुसार क्यापिटलले असार मसान्तभित्रै शुल्क भुक्तानी गर्न अनुरोध गरेको छ ।

तोकिएको समयावधि अर्थात असान्त मसान्तभित्र वार्षिक शुल्क भुक्तानी नगरेमा हितग्राहीहरुको डिम्याट खाता सिस्टमबाटै रोक्का (फ्रिज) हुने जनाउँदै क्यापिटलले समयमा नै शुल्क भुक्तानी गर्न अनुरोध गरेको हो । आईपीओ भर्न तथा दोस्रो बजारबाट सेयर खरीद बिक्रीका लागि समेत रोक्का खाताबाट सम्भव हुँदैन ।

क्यापिटलका अनुसार उक्त शुल्क बैंक अफ काठमाण्डू लिमिटेड तथा शाखा कार्यालयहरु र क्यापिटलको कार्यालय नक्साल काठमाण्डूबाट हितग्राहीको पूरा नाम, हितग्राही खाता नम्बर र आर्थिक वर्ष उल्लेख गरेर बुझाउन सक्नेछन् । यस्तै विद्युतीय माध्यमबाट इ सेवा, खल्ती, आइएमई पे, प्रभु पे, फोन पे तथा कनेक्ट आईपीएस मार्फत डिम्याट खाता खोलेका हितग्राहीले उक्त शुल्क बुझाउन सक्ने क्यापिटलले जनाएको छ । लगानीकर्ताले क्यापिटलको खाता नम्बर ०१०००००६३३५३५२४ मा रकम जम्मा गनुपर्नेछ ।

यस्तै मेरोसेयर सेवा लिई रहेका हितग्राहीले सञ्चालनमा आएको एक वर्ष अवधिभित्र नवीकरण नगरे उक्त सेवा स्वतः बन्द हुने भएकाले सर्वाजनिक निष्काशनमा आवेदन गर्न सक्दैनन् । यसकारण क्यापिटलले समय अवधिभित्र नवीकरण शुल्क बुझाएर निर्धक्क सेवा प्रयोग गर्न आग्रह गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १६ असार २०७९, बिहिबार  १० : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।