सिटिजन लाइफले पारित गर्यो ७५ करोडको आईपीओ जारी गर्ने प्रस्ताव

0
Shares

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ७५ करोड रुपैयाँद बराबरको साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको असोज २९ गते सम्पन्न दोश्रो वार्षिकसाधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।

हाल एक अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको सिटिजन लाईफ इन्स्योरेन्सले ७५ करोड रुपैयाँको आईपीओ निष्काशन गर्नेछ । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब ५० करोड रुपैयाँ पुग्नेछ।

साथै साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७४/०७५ को वासलात, नाफा नोक्सान हिसाब, आयव्यय हिसाब तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण स्वीकृत गरेको छ ।

उक्त साधारणसभाले कम्पनीकोे सञ्चालक समितिको रिक्त एक पदमा दिपप्रकाश पाण्डे निर्विरोध निर्वा्चित भएका छन् ।