सिन्धु विकास बैंक मर्जरमा जाने, साउन ६ गते साधारण सभा आह्वान

0
Shares

सिन्धु विकास बैंक (SINDU) ले पनि मर्जर तथा प्राप्ति सम्बन्धी प्रस्ताव अघि सारेको छ । कम्पनीले साउन ६ गते बाह्रौ वार्षिक साधारण सभामा मर्जर तथा प्राप्ति सम्बन्धी प्रस्ताव अघि सारेको हो ।

बैंकको असार १७ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको बाह्रौं वार्षिक साधारण सभा साउन ६ गते, शुक्रबार मिरावल रिसोर्ट, होटल धुलिखेल काभ्रेपलाञ्चोक बिहान १० बजेबाट सुरू हुनेछ ।

गत आर्थिक वर्ष २०७७।७८ को नाफाबाट सेयरधनीलाई कुनैपनि लाभांश वितरणको प्रस्ताव नगरेको यस बैंकले मर्जर तथा प्राप्तीलाई मुख्य एजेण्डा बनाएको छ । यस्तै सभाबाट सर्वसाधारण सेयरधनीको तर्फबाट बैंक सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकको पनि निर्वाचन गर्नेछ ।

उक्त सभामा सिन्धु विकास बैंक र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्नेर।गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याङ्कन गर्न मूल्याङ्कनकर्ता नियुक्त गर्ने, पारिश्रमिक निर्धारण गर्ने मर्जर तथा प्राप्तीको समझदारीपत्र तर्जुमा गर्ने, आवश्यक प्रकृया पूरा गरी हस्ताक्षर गर्ने र अन्य आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने रहेको छ ।

यस्तै बैंकको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने तथा नियमनकारी निकायहरुबाट थपघट।फेरबदल गर्न निर्देशन प्राप्त भएमा सो अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तथाव पारित गर्नेछ ।

यसका साथै सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ । सभामा लेखापरीक्षकको प्रतिवेदन सहित आव २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसुचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै आ।व २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने विशेष प्रस्ताव पारित हुनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि बैंकले असार २७ गते सोमबार एकदिन बुकक्लोज गर्ने भएको छ । यसअनुसार असार २६ गते आइतबारसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।