२४० प्रतिशत हकप्रद बेचेको युनाइटेड इन्स्योरेन्स मर्जमा जाने संकेत

0
Shares

युनाइटेड इन्स्योरेन्सले अन्य कुनै निर्जिवन बीमा कम्पनीसँग मर्जरमा जाने संकेत गरेको छ । कम्पनीले कम्पनीले कार्तिक २६ गते मंगलबार बबरमहल स्थित कार्की ब्यांक्वेटमा बोलाएको २५ औं बार्षिक साधारण सभामा उक्त प्रस्ताव लग्दैछ ।

कम्पनीले अन्य बीमा कम्पनीसँग गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी समझदारीमा पत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पत्ति र दायित्व मूल्याकंन गर्नको लागि मान्यता प्राप्त मूल्याकंनकर्ता नियुक्त गर्न तथा मर्जर सम्बन्धी सबै प्रक्रिया पुरा गर्न संचालक समितिलाई अख्तियारी दिने भएको छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक ८ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक ७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

युनाइटेड इन्स्योरेन्सले यसअघि २४० प्रतिशत हकप्रद शेयर बिक्री गरेको थियो । युनाइटेडको हाल चुक्ता पूँजी ३० करोड २४ लाख छ । हकप्रद बिक्रीपछि चुक्ता पूँजी १ अर्ब २ करोड ८१ लाख पुगेको छ । हकप्रदपछि शेयर स्वामित्व संस्थापक र सर्वसाधारणको ६०ः४० अनुपातमा हुने कम्पनीले जानकारी दिएको छ ।