हिमालयन हाइड्रोपावर लिमिटेडले असार १५ गतेदेखि निष्काशन गरेको आईपीओमा अन्तिम दिन आइतबारसम्ममा १६ लाख बढीले आवेदन गरेका छन् ।
कम्पनीको सेयर आवेदनका लागि सि आश्वा प्लेटफर्म उपलब्ध गराउने सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आइतबार साँझ ५ बजेसम्ममा १६ लाख २६ हजार ३४० आवेदकबाट एक अर्ब ८४ करोड १९ लाख ९८ हजार रुपैयाँ बराबरको १ करोड ८४ लाख १९ हजार ९८० कित्ता सेयर माग भएको हो ।
यो सर्वसाधारणबाट माग भएको सेयर संख्याभन्दा १०.०६ गुणा बढी हो ।
कम्पनीले असार १५ गतेदेखि प्रतिसेयर १०० अंकित दरमा कुल १९ लाख ६८ हजार २५० कित्ता साधारण सेयर निष्काशनमा ल्याएको हो । त्यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँड गरिएको छ । सर्वसाधारणबाट बाँकी रहेको १८ लाख ३० हजार ४७२ कित्ताका लागि आवेदन मागिएको थियो ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी आईआर बी प्लस रेटिङ्ग’ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया