सिटिजन्स बैंकको काठमाण्डौ उपत्यकामा थप ३ शाखा विस्तार

0
Shares

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा उपत्यकामा थप तीन शाखा विस्तार गरेको छ ।

बैंकले आफ्नो काठमाण्डाैंको ठूलो भर्‍याङ्गमा १७५औं, थलीमा १७६ औं तथा बुढानिलकण्ठमा १७७ औं शाखा सञ्चालनमा ल्याएको हो । यससँगै काठमाण्डाैं उपत्यकाभित्र बैंकको ३२ वटा शाखाहरु पुगेका छन् ।

पन्ध्र वर्ष देखी अनवरत रूपले सर्वसुलभ र सुरक्षित बैंकिंङ्ग सेवा पुर्‍याउँदै आएको बैंकले सुविधा सम्पन्न यस शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य बैंकले राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

साथै ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु सरल र सहज तवरले प्रवाह होस् भन्ने अभिप्रायका साथ बैंकले हालसालै काठमाण्डांैको नारायण गोपाल चोक शाखा, नवलपरासीको अमरापुरी शाखा, रुपन्देहीको बाँसगढी शाखा र हुम्ला जिल्लाको सिमिकोट शाखा गरी ४ वटा शाखा स्थानान्तरण गर्ने कार्य समेत सम्पन्न गरिसकेको छ ।

ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्र्दे आएको यस बैंकले प्रमुख वित्तीय सूचकहरू नियामक निकायले तोकेको सिमा भित्र कायम गरेको छ । एक १ खर्ब ४८ अर्ब निक्षेप संकलन गरि १ खर्ब ३४ अर्ब कर्जा प्रवाह गरि करिब १४ लाख ग्राहकहरुलाई अत्याधुनिक सेवा प्रदान गर्दै आएको छ । त्यसैगरी कर्जा निक्षेप अनुपातकासँगै अन्य वित्तीय परिसूचकहरु पनि नियमक निकायले तोकेको सिमा भित्रै कायम गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७७ वटा शाखा, १२९ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको प्रवक्ता नारायण राज अधिकारील बताए ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।