आरबिबी मर्चेन्ट बैंकिङको प्रमुख कार्यकारीमा बद्रीप्रसाद प्याकुरेल नियुक्त

0
Shares

आरबिबी मर्चेन्ट बैंकिङको प्रमुख कार्यकारी अधिकृतमा बद्रीप्रसाद प्याकुरेल नियुक्त भएका छन्। प्याकुरेल खुला प्रतिस्पर्धाबाट सिईओ नियुक्त भएका हुन ।

प्याकुरेलको कार्यअवधि ०७६ कार्तिक १ गतेबाट प्रारम्भ हुने कम्पनीले जनाएको छ। उनको कार्यकाल चार वर्षको हुनेछ । 

प्याकुरेलको अर्थशास्त्र विषयमा स्नातकोत्तर गरी बैंकिङ्ग तथा पूंजीबजारमा पन्ध्र वर्ष भन्दा बढिको अनुभव रहेको छ । उनी यस अघि एनआईबिएल एस क्यापीटलमा सहायक महाप्रबन्धक पदमा कार्यरत थिए ।

हाल शहरी क्षेत्रमा मात्र रहेको मर्चेन्ट बैकिङ्ग सेवा राष्ट्रिय वाणिज्य बैंकको ७७ जिल्लामा रहेका २३८ वटा शाखा कार्यालयबाट पनि यो सेवा लिन सकिने हुंदा दूरदराजमा रहेका जनताहरुले पनि मर्चेन्ट बैकिङ्ग सेवा लिन सकिने सम्भावना देखिएको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले बताए

राष्ट्रिय बाणिज्य बैंकको सहायक कम्पनी आरबिबी मर्चेन्टले गत असार १८ गते खुला प्रतिस्पर्धाबाट सिइओ माग गरेको थियो।