प्रि-ओपनिङ्ग नेप्से सामान्य बढ्यो, करिब दश लाखको कारोबार

0
Shares

साताको तेस्रो कारोबार दिन मंगलबारको प्रि-ओपनिङ्ग सेसनमा नेप्से १.९६ अंकले बढेको छ ।

साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका १८ कम्पनी मध्ये ११ कम्पनीको भाउ बढेसँगै नेप्से सामान्य बढेको हो ।

नेप्सेका अनुसार प्रि ओपनिङ्ग सेसनमा आज ११ कम्पनीको सेयरमूल्य बढेको छ भने ५ कम्पनीको सेयरमूल्य घटेको छ । २ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस अवधिमा १८ कम्पनीको १ हजार ८६४ कित्ता सेयर ९ लाख ६८ हजार ७३६ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

नेप्से १.९६ अंकले बढेसँगै सूचक २ हजार ७८ दशमलव ६३ बिन्दुमा पुगेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ असार २०७९, मंगलबार  १० : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।