सुनको भाउ प्रतितोला ९७ हजार ६०० रुपैयाँ निर्धारण

0
Shares

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ६०० रुपैयाँ निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको भाउ तोलामा १०० रुपैयाँले वृद्धि भएको हो । पहेँलो धातु अघिल्लो दिन सोमबार प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुनको भाउ पनि १०० रुपैयाँले बढेर प्रतितोला ९७ हजार १०० रुपैयाँ पुगेको छ । संघले सार्वजनिक गरेको विवरणानुसार सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५ रुपैयाँले बढेर १ हजार २०५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । चाँदी सोमबार तोलामा १ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८११ र चाँदी प्रतिऔंस २१.१४ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ असार २०७९, मंगलबार  ११ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।