सामसुङले मेक्सीकोमा ६३ अर्ब लगानी गर्दै

0
Shares

सामसुङ इलोक्ट्रोनिक्स्ले मेक्सीकोमा ५०० मिलियन अमेरिकी डलर अर्थात् नेपाली ६३ अर्ब रुपैँया बढी लगानी गर्ने भएको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै मेक्सीकोका परराष्ट्र मन्त्री मार्सेलो एबरार्डले सामसुङले गर्ने उक्त लगानीबारे पुष्टि गरेका छन् ।

दक्षिण कोरियाली कम्पनी सामसुङ्ले मेक्सीकोमा दैनिक प्रयोगमा आउने घरायासी विद्युतीय सामाग्रीको उत्पादन वृद्धि गर्नका लागि उक्त लगानी गर्ने भएको हो ।

यस अघि सामसुङले दक्षिण कोरियाको राजधानी सउलमा सेमीकन्डक्टरको उत्पादन वृद्धि गर्न ३५६ बिलियन अर्थात नेपाली रुपैँया ४५० खर्ब लगानी गर्ने घोषणा गरेको थियो । विश्वव्यापी रुपमा बढ्दै गएको चीप अभावलाई व्यवस्थापन गर्न सामसुङले अमेरिकाको टेक्सास सहरमा १७ बिलियन डलर अर्थात् नेरु.२१ खर्ब ५१ अर्ब लगानी गरेको थियो ।

बहुराष्ट्रिय इलोक्ट्रोनिक्स् कम्पनी सामसुङको सन् २०२१ को कुल आम्दानी २१५ बिलियन डलर रहेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।