फरवार्ड माइक्रोफाइनान्सको बोनस सूचीकृत

0
Shares

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार सूचीकृत भएको छ ।

कम्पनीको गत आर्थिक वर्षको साधारण सभाबाट पारित भएको ३५ प्रतिशत बोनस सेयर बराबरले हुन आउने २१ लाख ८९ हजार ३१७ कित्ता बोनस आज सूचीकृत भएको हो ।

मंगलबार सूचीकृत बोनस सेयर बुकक्लोज मितिको अघिल्लो कारोबार दिनसम्म कायम सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयरधनीहरुले धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।

सभा प्रयोजनका लागि कम्पनीले २०७८ पुस १६ गतेदेखि सभा हुने दिनसम्म बुकक्लोज गरेको थियो । यसअनुसार पुस १५ गते सार्वजनिक विदाका कारण सेयर बजार बन्द भएकाले पुस १४ गतेसम्म कायम सेयरधनीहरुले मात्र उक्त बोनस पाउनेछन् ।

कम्पनीको २०७८ पुस ३० गतेसम्पन्न नवौं वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको ३५ प्रतिशत बोनस सेयर र कर सहित ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको थियो ।

कम्पनीको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ असार २०७९, मंगलबार  १५ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।