भियतनामको प्लान्टमा साओमीको स्मार्टफोन उत्पादन सुरु

0
Shares

चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले भियतनाममा रहेको प्लान्टबाट स्मार्टफोनको उत्पादन सुरु गरेको छ ।

भियतनामको थाइ गुयन प्रान्तको राजधानी सहर हानोइमा रहेको प्लान्टबाट स्मार्टफोनको उत्पादन भएको साओमीले एक इमेल मार्फत जानकारी गराएको हो ।

भियतनाममा अवस्थित उक्त प्लान्ट साओमीसँग पार्टनरसीप गरेको डीबिजी टेक्नोलोजीद्धारा सञ्चालनमा रहेको छ । पहिलो चरणमा उत्पादन भएका मोबाइल

फोनहरुलाई स्थानीय स्तरमा नै प्रयोग गरिने साओमीले जनाएको छ । उत्पादन बढ्दै गएपछि साओमीले मोबाइल फोनहरु एसियाली दक्षिणपूर्वी देशहरुका साथै मलेसिया र थाइल्यान्डमा निर्यात गर्ने बताएको छ ।

साओमीले भियतनाममा अवस्थित उक्त प्लान्टको उत्पादन क्षमताको बारेमा जानकारी दिएको छैन । पछिल्लो समयमा अरु मोबाइल निर्माता कम्पनीको तुलनामा सस्तो मुल्यमा गुणस्तरीय फोन निर्माण गर्ने कमपनीहरुमा साओमी अग्र स्थानमा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २३ असार २०७९, बिहिबार  ११ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।