जिडब्लुएम नेपालको बिक्री पछिको विश्वस्तरीय सेवा सुविधा चाकुपाट ललितपुरमा

0
Shares


जि.डब्लु.एम–नेपालले आफ्नो विश्व स्तरीय जि.डब्लु.एम बिक्री पछिका सुविधा सहितको सेवा चाकुपाट ललितपुरमा सञ्चालन गर्ने घोषणा गरेको छ । कम्पनीका अनुसार, विक्री पछिको यो नयाँ सुविधा जि.डब्लु एमको विश्वस्तरीय सुविधाहरु मापदण्ड सहित निर्माण गरिएको हो ।

बिक्री पछिको सुविधा सम्पन्न यस सर्भिस सेन्टरले १५ हजार वर्ग फिट क्षेत्र ओगटेको छ । यसमा प्रति महिना ६ सय सवारी साधनहरुको दु्रत सेवा प्रदान गर्ने क्षमताको साथ ६ कक्षहरु रहेका छन् । जि.डब्लु.एमका ग्राहकहरुलाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्नको लािग यो सुविधा हाई–टेक उपकरण र राम्रो प्रशिक्षित प्राविधिकहरुले सुसज्जित छ । सुवधायुक्त एक बलियो असली मौज्दात कायम गरी स्पेयर पाट्र्सको सुपथ मूल्यमा उपलब्ध गराइएको छ ।

जि.डब्लु.एम नेपालका उपाध्यक्ष रुपेश शर्मा भट्टले भने “तपाईहरुको गाडीको जिम्मा सुरक्षित हातमा दिनु भएको छ जसको हाम्रा प्रशिीक्षत प्राविधिकहरु अत्याधुनिक सुविधाहरु सेवा केन्द्र र विशिष्ट ग्राहक सेवा मार्फत सेवा प्रदान गर्नेछौँ । हामीले यस सेवा मार्फत तपाईको गाडीको हेरचाह मात्र नभई गाडीको तपाईको स्वामित्व अवधिभर हेरचाह गर्ने सुनिश्चितता व्यक्त गर्दछौँ ।

तपाईको गाडी हाम्रा प्रशिक्षित प्राविधिकहरु, अत्याधुनिक सुविधा र विशिष्ट ग्राहक सेवाका साथ सुरक्षित हातमा छ । यो सेवा तपाईको गाडीको हेरचाह गर्नु भन्दा बढी हो, तपाईलाई यो सुनिश्चित गर्दछौँ की आफ्नै स्वामित्व अनुभवमा हेरचाह पाउनुहुने छ” ।

जि.डब्लु.एम सर्भिसका उपमहाप्रबन्धक अजित पटेल थप्छन्, “हामीसँग जि.डब्लु. एमको सबै जि.डब्लु.एम दायराका सवारी साधनहरु ह्यान्डल गर्न सक्षम जि.डब्लु. एमको विश्वस्तरीय सुविधा छ । हामी नवीनतम डायग्नोस्टिक उपकरण असली पाट्र्सहरु प्रयोग गर्दैछौँ ताकी तपाईको गाडीले उत्कृष्ट सेवा प्राप्त गरोस् र यो जसरी चल्नुपर्ने हो त्यस्तै वास्तविक अवस्थामा चलोस् । हामी व्यक्तिगतकृत सेवा अनुभव प्रदान गर्दछौँ । तालिका निर्धारित अन्तराल सेवाहरु, दु्रत सेवाहरु र बिदा भ्रमणहरुमा बाहिर जानु अघि विशेष जाँचहरु रहेका छन् तपाईसँग व्यक्तिगतकृत र तपाईहरुप्रति समर्पित उच्च स्तरका सेवा प्राप्त गर्नुहुनेछ किनभने तपाईको जि.डब्लु.एम र हाभलको बारेमा हामी भन्दा बेसी अरुलाई थाहा छैन ।

भि.जी ईम्पेक्स प्रा.लिमिटेड (जि.डब्लु.एम–नेपाल) नेपालको लागि जि.डब्लु.एम ब्रान्डका सवारी साधनहरूको आधिकारिक आयातकर्ता र वितरक हो । जि.डब्लु.एम–नेपालले हाल नेपालमा हाभल एच्६, हाभल जोलायन र पावर जस्ता लोकप्रिय ग्लोबल मोडलहरू बिक्री गरिरहेको छ । जि.डब्लु.एम–नेपालले जि.डब्लु.एम नयाँ पुस्ताका उपभोक्ताहरूलाई सबैभन्दा भरपर्दो स्रोत विद्युतीय सवारी साधन र ड्राइभिङ अनुभवको अपेक्षाभन्दा बाहिरको आनन्द लिने जि.डब्लु.एम–को विश्वव्यापी रणनीति पछ्याउँदै नेपालमा ओरा गुड क्याट ईभी पनि ल्याउने योजना बनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।