नेपाल एसबिआई बैंकको ३ अर्बको ऋणपत्र खरिका लागि समय थप

0
Shares

नेपाल एसबिआई बैंक लिमिटेडले असार २२ गतेदेखि जारी गरेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा छिटोमा असार २७ गते सोमबार तथा ढिलोमा साउन ४ गते बुधबारसम्म आवेदन दिन सकिने भएको छ ।

सरकारले आइतबार इदको सार्वजनिक विदा दिएसँगे छिटोमा आवेदन दिन समय एक दिन थप गरिएको हो । सोमबारसम्म सबै इकाई ऋणपत्रको माग नभएमा भने ऋणपत्रमा आवेदन दिने समय साउन ४ गतेसम्म रहनेछ ।

बैंकले दीर्घकालीज स्रोत जुटाउनका लागि ३ अर्बको ३० लाख इकाई ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०८३’ निष्काशन तथा बिक्री खुला गरेको हो । पाँच वर्ष अवधि रहने उक्त ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत ब्याजदर पाउनेछन् ।

जारी हुने १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख इकाई ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख इकाईका लागि सर्वसाधारणहरुले आवेदन दिन सक्नेछन् । १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख इकाई ऋणपत्र भने बैंकले व्यक्तिगत तवरबाट संघ संस्थालाई बिक्री गर्नेछ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार एसबिआईको ऋणपत्रमा असार २४ गते शुक्रबारसम्म ८४२ वटा आवेदन मार्फत ६९ हजार २१७ कित्तका लागि ६ करोड ९२ लाख १७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।जुन सर्वसाधारणबाट माग भएको इकाईको ५.७७ प्रतिशत मात्र हो ।

लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल ए रेटिङ्ग’ प्रदान गरेको छ । यसले वित्तीय दायित्व समयमा नै पूरा गर्न सक्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ असार २०७९, आइतबार  ०९ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।