सुनको मूल्य मंगलबार तोलामा २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तिँदै

0
Shares

सुनचाँदी बजारमा साताको तेस्रो कारोबार दिन आज मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रूपैयाँ तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला १०० रुपैयाँ घटेर ९४ हजार ७०० रूपैयाँमा कारोबार भएको पहेँलो धातुको कारोबार मूल्य आज प्रतितोला २०० रूपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रूपैयाँ निर्धारण गरिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९४ हजार २०० रूपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँ घटेर १ हजार १७५ रूपैयाँ कायम रहेको महासंघले जनाएको छ । सोमबार चाँदी भाउ स्थीर रहँदै १ हजार १८५ रूपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ७२८ र चाँदी प्रतिऔंस १८.९२ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ असार २०७९, मंगलबार  ११ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।